यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार बोल्दै उनले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ ।’ 

Advertisement

संसद्‌मा उत्तेजनाभन्दा पनि समझदारीमा अगाडि बढ्नुपर्ने बताउँदै दाहालले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नुपर्ने बताए । 

विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु जरुरी रहेको उनले बताए । दाहाले समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ भन्दै प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने विश्वास व्यक्त गरे । 

उनले हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ भन्दै राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिइने बताए । सहमतिमात्रै होइन मतभेद पनि मर्यादापूर्ण हुने दाहालले बताए । 

Advertisement

Advertisement