प्रतिपक्षी दलले अड्काउने होइन, बरु सघाओसः लामिछाने, भ्रष्टाचारमा निर्मम हुने प्रतिवद्धता

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीका साँसदहरुले इमान्दारिताका साथ काम गर्ने बताएका छन् । संसदमा सोमबार बोल्दै उनले आफू र आफ्ना साँसदहरुले कुनै पनि अनियमिततामा संलग्न नहुने प्रतिवद्धता जनाउँदै जनताले आफूहरुबाट गरेको आशा र विश्वासलाई टुटन नदिने बताए । 

लामिछानेले आफूहरुले नागरिकसमक्ष गरेका प्रतिवद्धता पूरा गर्न न्यूनतम साझा कार्यक्रममा समेटेर काम गर्ने बताउँदै ठूला भ्रष्टाचारहरुमा आफूहरु निर्मम हुने बताए । उनले संसदमा प्रतिपक्ष दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताउँदै भने, ‘संसद प्रतिपक्षले रचनात्मक रुपमा सुझाव सल्लाह दिन सकेको खण्डमा त्यो खबरदारीलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न सक्छन् । म अपेक्षा गर्छु। प्रतिपक्षी दलले अड्काउने होइन, सघाउने काम गरोस् भन्ने चाहन्छु ।’

Advertisement

लामिछानेले जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने बताए । उनले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने समेत बताए ।

आफूले सम्हालको केही कामहरुको सुरुआत भइसकेकाले आम जनताले केही महसुस गरिसकेको लामिछानेको भनाई छ । उनले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताउँदै आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए ।

कतिपयले यसलाई निराशाको मत भन्ने गरेको बताउँदै लामिछानेले भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’

Advertisement

Advertisement