कांग्रेसको कुटिल रणनीति, दाहाललाई विश्वासको मत दिने निर्णय, महामन्त्रीद्धयको विमति

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । दुई महामन्त्रीसहित चार जनाले लिखित असहमतिका बीच कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो । दाहालले आज मंगलबार संसदमा विश्वासको मत लिँदैछन् । 

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाए पनि कांग्रेसका अरु पदाधिकारीहरुको मौन समर्थन देउवाको प्रस्तावमा थियो । 

Advertisement

गगन र विश्वप्रकाशले भने देउवाको प्रस्तावमा विमति जनाउँदै कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका थिए । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेको दाहाललाई आफ्नो पक्षमा पार्ने र सरकारमा जाने रणनीतिमा कांग्रेस छ । 

Advertisement

Advertisement