संसद विघटन हुनसक्ने ओलीको संकेत, दाहाललाई कांग्रेसको समर्थन ‘जालझेल’ हुनसक्ने

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संस विघटन हुनसक्ने संकेत गरेका छन् । संसदमा पुष्पकमल दाहाललाई विश्वासको मत दिने क्रममा मंगलबार बोल्दै उनले सो कुराको संकेत गरेका हुन् । 

ओलीले संसद विघटन हुने कुरा विश्वव्यापी चलन भएको बताउँदै यो कुरा भारतदेखि बेलायतसम्म हुनेमा नेपालमा हुने कुरालाई प्रतिगमनको रुपमा अथ्र्याउन नहुने बताए । उनले २०५१ सालदेखि यता कांग्रेसले नै पटक पटक संसद विघटन गरेको उदाहरण दिए । 

Advertisement

कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ औंल्याउँदै ओलीले भने, ‘आफै अन्तिम पटक संसद विघटन गरेर प्रतिगमनमा पुर्याएर माग १९ पुर्याएको सम्झिएर संसद विघटन भन्ने बित्तिकै प्रतिगमन ठान्नु हुन्छ उहाँ । सधैं त्यस्तो हुँदैन । संसद संसदीय प्रणालीमा बेलायतमा पनि भंग हुन्छ । इन्डियामा पनि भंग हुन्छ । जापनमा पनि हुन्छ । इजरायलमा पनि हुन्छ । अन्यत्र पनि हुन्छ । ।’

उनले संसद विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले काँग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्ष समेत गरे । ओलीले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद विघटन जायज हुने आफ्नो अडान समेत दोहोर्याए ।

नेता ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको निर्णयप्रति आशंका व्यक्त गरे । उनले काँग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताउँदै त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिए । 

यदि त्यो जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुने अध्यक्ष ओलीको भनाई थियो । काँग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उनको भनाई थियो । 

ओलीले भने, ‘म सबै सांसदजीहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु । त्यस ध्ये प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समर्थन जनाईसकेको छ । यदि यो समर्थन भित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु–जाल हो भने म भन्न चाहन्छु–माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । केही यसभित्र भोलीका निम्ति अरु खालको कुराहरु सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस पानीबाट, त्यस खोल्सीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

Advertisement

Advertisement