विश्वासको मत पाएपछि दाहाल भन्छन्– हर्ष र गर्व अनुभूति भएको छ, दुईतिर खुट्टा हालेको छैन्

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । 

मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हर्ष र गर्वको अनुभुति भएको बताएका हुन् । दाहालले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताए । 

Advertisement

उनले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताउँदै आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्ननहुने बताए । 

दाहालले भने, ‘हिजो तपाईहरुले मलाई यहीँ ठाउँमा सोध्नुभएको थियो भोलि के हुन्छ विश्वासको मत ? भन्नुहुन्थ्यो । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ मैले । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभुति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौति थपिएको पनि मैले महशुस गरेको छु । यो अपार विश्वास जो सदनबाट मलाई प्राप्त भएको छ ।’ 

उनले थपे, ‘तपाईंहरुले भनेजस्तो त्यस्तो कुनै दुईवटा खुट्टा, तीनवटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो । यो एउटा चुनौतिको कुरा पनि हो । मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, ति प्रतिवद्धता पूरा गर्ने एउटा ठूलो ऊर्जा पनि यसले दिएको छ । मलाई लाग्छ आउने दिनमा हामीले प्रश्तुत गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढ्ने छन् ।’

उनले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने पनि स्पष्ट पारे । 

Advertisement

Advertisement