वाईसीएलको कार्यक्रममा दाहालले भने– राजनीतिक नियुक्तिमा युवालाई प्राथमिकता दिन्छौं

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम् प्राथमिकता दिने बताएका छन् । 

बुधवार योङ कम्युनिष्ट लिग (वाईसीएल)को कार्यक्रममा उनले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन् । दाहालले सरकार र माओवादी केन्द्रलाई युवाहरुको धेरै मद्दत चाहिएको बताए । 

Advertisement

प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै उनले सो सफलतालाई कम आँक्नु नहुने बताए । दाहालले भने, ‘यतिबेला सरकारलाई र पार्टी नेतृत्वलाई तपाईंहरुको धेरै मद्दत चाहिएको छ । प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन् । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन । परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरुलाई नियुक्ति गर्ने बारेमा तपाईहरुले उठाउनुभएको ध्यानाकर्षण नोट भयो । र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास÷प्रयत्न गर्नेछु ।’

प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिए ।सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने दाहालले बताए । 

Advertisement

Advertisement