ओली–दाहाल ‘लन्च मिटिङ’पछि मन्त्रालयहरु भागबण्डा, कस्ले के पाउने भए ?

Advertisement

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन् सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार बिहान लन्च मिटिङ भएपछि भागवण्डा लगभग टुंगिएको छ ।

भागबण्डाअनुसार एमालेले आठ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई मन्त्री र लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक–एक मन्त्री पाउने भएका छन् । 

Advertisement

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री तथा उर्जामन्त्री हुने करिव निश्चित भएको छ भने स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्री पाउने देखिएको छ । उसले शिक्षा मन्त्रालय पनि पाउनुपर्ने दावी गर्दै आएको छ । जनता समाजवादी पार्टीले शहरी विकाससहित दुई मन्त्रालय पाउने भएको छ । 

सरकारमा हाल एमालेबाट बिष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, स्वतन्त्र पार्टीबाट रवि लामिछाने मन्त्री भइसकेका छन् । एमालेबाट मन्त्री भएकी ज्वालाकुमारी साहसहित तीन मन्त्रीको मन्त्रालय तोकिएको छैन् । 

मन्त्रिपरिषद् विस्तारसहितको निर्णय गर्न आजै अपरान्ह सत्ता गठवन्धनको बस्दैछ । 

Advertisement

Advertisement