नयाँ मन्त्रीहरुले खाए सपथ, मधेस केन्द्रीत दलहरु सहभागी भएनन्

Advertisement

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार उनीहरुलाई शपथ गराएकी हुन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी आठ मन्त्रालय पाएको छ भने माओवादीले चार मन्त्रालय पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन–तीन मन्त्रालय पाएका छन् । 

Advertisement

जनता समाजवादी पार्टीले दुई वटा मात्रै मन्त्रालय अस्वीकार गरेपछि सरकारमा सहभागी भएन् । जनमत पार्टीले एउटा मात्रै मन्त्रालय पाएको छ । एमाले, माओवादी, स्वतन्त्र पार्टी र राप्रपाले एक–एक राज्यमन्त्री पनि पाएका छन् ।

Advertisement

Advertisement