प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर कांग्रेसले राष्ट्रपति हात पार्न खोज्योः रिमाल

Advertisement

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । 

उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैंले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताए रिमालले सभामुख÷उपसभामुख र राष्ट्रपति÷उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय भइरहेको बताए । 

Advertisement

काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको उनको भनाई छ । नानसँगको कुराकानीमा रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । 

दाहालले सत्तारुढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताउँदै उनले काँग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको बताए । सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ । 

रिमालले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारीतन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुविधामा पारिदिने ढंगले अघि बढिरहेको बताउँदै काँग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने बताए । 

उनले आफूबाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले काँग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताउँदै काँग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए । 

उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बन्नेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएको रिमालले बताए । उनले वर्तमान सत्ता समिकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पारे । 

Advertisement

Advertisement