नयाँ सञ्चारमन्त्री भन्छिन्– सञ्चार प्रविधिको विकास अर्थतन्त्रले धान्नसक्नेजति अघि बढाउँछु

Advertisement

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् । 

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै उनले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताइन् । 

Advertisement

शर्माले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् । उनले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गरिन् । 

शर्माले भनिन्, ‘मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पु¥याउने कुरा । अर्कोकुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ ।’

हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्ने बताउँदै उनले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने बताइन् । शर्माले थपिन् ‘सहज सुलभ हुने कुरा भयो । समस्यालाई समाधान गर्ने गरेर गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।’

मन्त्री शर्माले सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्ने बताइन् । उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडी बढाउने पनि स्पष्ट पारिन् । 

Advertisement

Advertisement