शैक्षिक गुणस्तर सुधारका लागि चाँडै नयाँ नीति तथा कार्यक्रम बनाउँछुः शिक्षामन्त्री खनाल

Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले देशको शैक्षिक गुणस्तर सुधारका लागि चाँडै नयाँ नीति तथा कार्यक्रम बनाउने बताएका छन् । 

शिक्षा मन्त्रालयमा मंगलबार पदभार ग्रहणपछि मंगलबार प्रतिक्रिया दिँदै उनले विगतमा शिक्षा क्षेत्रमा भएका राम्रा कामलाई समेत समेटेर शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् । 

Advertisement

शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने खनालको भनाई छ । उनले  विद्यालयहरुमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने बताए । 

स्वतन्त्र पार्टीबाट चुनाव जितेका उनी टिच फर नेपालका सहसंस्थापकसमेत हुन् । शिक्षा क्षेत्रमा नै लामो समय काम गरेकाले उनलाई पार्टीले शिक्षा मन्त्री बनाएको देखिन्छ । 

Advertisement

Advertisement