काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले ठम्याएका छन् । जण्डिससम्वन्धी समस्याबाट लामो समयदेखि पीडित उनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेकोले प्रत्यारोपण नै उपयुक्त उपाय हुने सुझाव
चिकित्सकहरुको छ ।
हाल सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका पुनको स्वास्थ्य अवस्था राम्रो नभएपछि धेरै नेताहरुले उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै आएका छन् । सुमेरुका कलेजो रोग विशेषज्ञ डा. युवराज शर्माका अनुसार नेता पुनको कलेजोको समस्या बढ्दै गएकाले प्रत्यारोपण राम्रो विकल्प हो ।
नेपालका अस्पतालहरुमा कलेजोको शल्यक्रिया हुने गरे पनि प्रत्यारोपण भने कमै हुने गरेको छ । पुनको कुन देशमा कलेजो प्रत्यारोपण गर्ने ? भन्ने कुरा टुंगो भने लागिसकेको छैन् । उनले यसअघि थाइल्यान्ड र चीनमा गएर जण्डिससम्वन्धी उपचार गरेर फर्किए पनि रोग निको हुन नसकेपछि प्रत्यारोपण गर्नुपर्ने विकल्पमा चिकित्सकहरु पुगेका हुन् ।