प्रतिनिधिसभाको उपसभामुखमा स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा थापामगर विजयी भएकी छन् । उनले खसेको कुल २६४ मतको बहुमत मत प्राप्त गरेर विजयी भएकी हुन् । 

रानामगरले १६६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी उम्मेदवार विपक्षमा ९७ मत खसेको छ । एक मत कसैलाई पनि दिन्न भन्ने पक्षमा परेको छ । 

Advertisement

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए । नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । 

Advertisement

Advertisement