गोरखामा बीमा सम्बन्धि जनचेतना कार्यक्रमः प्राधिकरणले भन्यो, ‘जोखिम हेरेर बीमा गर्नु’

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा गोरखा नगरपालिकामा हिजो बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धि जनचेतना बढाउने उदेश्यका साथ सो कार्यक्रम गरिएको बीमा प्राधिकरणले जनाएको छ ।  

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर उपस्थित थिए । रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए ।

Advertisement

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गराउँने भएकाले आफ्नो जोखिमको अवस्था हेरेर बीमा गराउन आग्रह गरे ।

गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गरिन् । कार्यक्रममा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राष्ट्रिय बीमा कम्पनीका कर्मचारी लगायत ८० जनाले उपस्थिती जनाएका थिए ।

Advertisement

Advertisement