नागरिक उन्मुक्तिले ढाल्दियो सुदूरपश्चिमको एमालेको सरकार

Advertisement

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल अल्पमतमा परेर पदमुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टीका साँसदहरु उपस्थित नभएपछि उनले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । रावल एमालेका साँसद हुन् । 

मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न नसकेको हो । त्यसअघि रावले लामो भाषण गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 

Advertisement

गत पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका थिए ।

Advertisement

Advertisement