टाटाको जेनभोल्टज जेनेरेटरले छोटो समयमै उल्लेखनीय बजार ओगटन सफल भयोः सिप्रदी

Advertisement

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ता माझ सफलता पाएको उक्त गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । 

कम्पनीका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरिएको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ ।

Advertisement

उक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो भएकाले पनि उपभोक्ताहरुमा आकर्षण बढेको बताउँदै सिप्रदीले टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकाश तथा अनुसन्धान केन्द्रमा डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको जनाएको छ । 

सिपिसिबि २ सम्बन्धी उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउँछ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि रहेको जनाइएको छ ।

सिप्रदी ट्रेडिङ्गका ब्याट्री डिभिजनका प्रमुख सुरेश तिवारीले टाटाको जेनभोल्टज नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताए । निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो जेनेरेटर उपयुक्त रहेको उनको भनाई छ । 

Advertisement

Advertisement