मेरो नाममा त्रिभुुवन विमानस्थलका महाप्रबन्धकले घुस मागेकाले निलम्बन गरेको होः किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरलाइन्ससँग घुस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन्। 

शुक्रबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा उनले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताए । घुस मागेको अडिया बाहिरिएसँगै मन्त्रीले उनलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।   

Advertisement

किरातीले भने, ‘भर्खरै त्रिभुवन विमानस्थलको महाप्रबन्धकलाई निलम्बन गरेर आउनु पर्यो । देशलाई यो कुर्चीमा बसेर धोका दिन पाइँदैन । मन्त्रीलाई पैसा कहिले बुझाउनुपर्ने ? कोसलाई बुझाउनु पर्ने ? स्पस्ट हुनु पर्यो।’ 

पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो ? भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनले बताए । किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए । दश ठाँउमा १० वटा कार्ययोजना लगेर घुसखाने काम बन्द गराएको उनले बताए । 

किरातीले आफ्नो सम्बन्ध भनेको काम र परिणामा हुने बताए ।  त्यस्तै, पर्यटन बोर्डलाई २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पनि उनले निर्देशन दिए ।  

Advertisement

Advertisement