जनयुद्ध दिवसका नाममा समेत सार्वजनिक विदा दिने सरकारको विवादास्पद निर्णय

Advertisement

काठमाडौं । सरकारले जनयुद्ध दिवसका नाममा समेत सार्वजनिक विदा दिने विवादास्पद निर्णय गरेको छ । सार्वजनिक विदा धेरै भएको भन्दै चर्को विरोध भइरहेको बेला सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएको मौका छोप्दै जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । 
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement