एमालेले निकाल्नुअघि नै केन्द्रीय सदस्यबाट राजीनामा दिने दुर्गा प्रसाईंको घोषणा

Advertisement

काठमाडौं । आफूलाई पार्टीबाट निष्काशन गर्नुअघि नै दुर्गा प्रसाईंले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । उनले सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

पार्टीभित्र दबाब बढेपछि एमालेका अध्यक्ष केपी ओलीले प्रसाईंलाई निष्काशन गर्न प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । ‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै एमालेले उनलाई निष्कासन गर्न एमालेको पार्टीभित्रबाट सिफारिस गरिएको थियो । 

Advertisement

प्रसाईंले गत फागुन १ मा राजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गर्नुका साथै देशव्यापी अभियान सुरु गरेका थिए । उनलाई गत वर्ष मंसिर २६ मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । प्रसाईं व्यवसायी पनि हुन् । 

Advertisement

Advertisement