प्रधानमन्त्रीले बनाए अग्नि सापकोटाका छोरालाई आफ्नो परराष्ट्र सल्लाहकार

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटा आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गरेका छन् । चीनबाट विद्यावारिधि गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहेको सापकोटा त्रिभुवन विश्वविद्यालयमा पनि पढाउँछन् । चीनसँग नजिक मानिने उनलाई चिनियाँ भाषाको पनि ज्ञान छ । 

Advertisement

Advertisement

Advertisement