म बचनको पक्का मात्रै होइन्, छातीभित्र देशको माया पनि छः मन्त्री किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जनतालाई दिएको बाचा पूरा गरेर छाड्ने बताएका छन् । 

स्थानीयसँग भेटघाट कार्यक्रममा बुधबार उनले जनतालाई दिएको बाचा पूरा गरेर छाड्ने बताएका हुन् । आफू बचनको मात्र पक्का हैन्, छातिभित्र देशको माया र इमान भएकोले जनतालाई दिएको बचनबाट विच्चलित नहुने किरातीको तर्क छ ।  

Advertisement

उनले भने, ‘मेरो स्वार्थ भनेकै जनता हुन् । मेरो मतदाताको मात्रा हैन्, सिंगो देशको जनताको शीर झुकाउने काम मबाट हुँदैन ।’ एकै दिन १७ स्थानमा भेट्घाट कार्यक्रम गरेका किरातीले जिल्ला जान भन्दा पहिले नै आफूलाई फूल, माला नलगाउन, गेट नबनाउन र पछूवा गाडी नखटाउन प्रशासनलाई निर्देशन गरेका थिए ।

आफूलाई जनताले घात प्रेम र विश्वासका साथ भोट दिएर जिताएर पठाएकाले अब जनताको सेवा गर्ने ड्यूटी आफूले पाएको बताउँदै उनले कुनै देउतालाई जस्तो नेता र नेतृत्वलाई जनताले बढी पुल्पुल्याउन नहुने बताए । 

Advertisement

Advertisement