सत्ता समीकरण बदलियो, राष्ट्रपति कांग्रेसलाई, माधव नेपाल पनि प्रम बन्ने, एमाले दाहालसँग रुष्ट

Advertisement

काठमाडौं । नेकपा एमालेसहितको सत्ता गठवन्धनमा प्रधानमन्त्री बनेको पुष्पकमल दाहालले दुई महिनामै नेपाली कांग्रेससँग गठवन्धन बनाउन तयार भएका छन् । 

राष्ट्रपतिको लागि उम्मेदवारी दिने अघिल्लो रात संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । पूरानो पाँच दलीय गठवन्धनमा गठवन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि थपिएका छन् । 

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपति र जनता समाजवादी पार्टीले छान्ने व्यक्तिलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । 

समीकरण बने र भत्काउने खेलसँगै नेपालको राजनीतिमा दुई शक्ति राष्ट्र चीन र अमेरिकाको चलखेल पनि प्रष्ट देखिएको छ । एमालेसहितको यसअघिको सात दलीय गठवन्धन चिनियाँ समर्थनमा बनेको देखिए पनि राष्ट्रपतिको उम्मेदवार दर्ता गर्ने दिनसम्म इण्डो पश्चिमा हावी हुन पुगेको छ । 

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन तयार भएका छन् । यसले गर्दा उनको छली झन अस्थिर देखिन पुगेको छ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दाहालको कदमले उनी धोकेवाद ठहरिएको र मुलुकलाई थप राजनीतिक अस्थिरतामा धकेलेको बताएका छन् । 

समीकरण फरबदलसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने करिव निश्चित भएको छ भने कांग्रेस फेरि शक्तिमा फर्किएको छ । यसले प्रदेशहरुमा बनेका समीकरण पनि फेरिने भएको छ । यसअघि प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई समर्थन गर्नेगरी गत पुस १० मा सहमति जनाएका थिए । तर बाह्य दबाब बढ्दै जाँदा उनी आफ्नो प्रतिवद्धताबाट पछि हट्न बाध्य भएका छन् । 

नयाँ गठवन्धनका ठूला दलका नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति गर्दै एकीकृत समाजवादीका नेता माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । 

Advertisement

Advertisement