गणतन्त्र स्थापना भएपछि झन ठूलाठूला समस्याहरु देखिएः झलनाथ खनाल

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले गणतन्त्र आएपछि झन ठूलाठूला समस्या सिर्जना भएको बताएका छन् । 

शुक्रवार रिपोर्टस क्लवमा उनले गणतन्त्र स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताए । खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै विश्व नै अहिले अनिश्चयपूर्ण बनेको बताए । संयमित भएर काम गर्न आवश्यक रहेको उनको भनाई छ । 

Advertisement

खनालले भने, ‘अहिले देश जुन ठाउँमा उभिएको छ, गणतन्त्र नेपाल, स्थापना भएपछि हामी अघि बढ्दैछौँ । तर अघि बढ्दाबढ्दै, हामी ठूलाठूला समस्याहरु र चुनौतिहरुको बीचमा अहिले खडा भएका छौँ । अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा छ । एकदमै अनिश्चयपूर्ण अन्तर्राष्ट्रिय परिस्थिति हामी अहिले देखिरहेका छौँ । कुन बेलामा कहाँ के हुन्छ, भन्न सकिँदैन । युद्ध भड्किने पो हो की, विश्वयुद्ध हुने पो हो की ? भन्ने आशंकाहरु पनि बढीरहेका छ, त्यसकापछि धेरै कारणहरु छन्, युक्रेन भन्ने देश अहिले खरानी हुँदै गइरहेको छ ।’

विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेकोउनले बताए । 

Advertisement

Advertisement