जनताको चासो र चिन्ताप्रति म जानकार छुः राजा ज्ञानेन्द्र

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन् । सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताए । सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए । 

देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताउँदै राजा ज्ञानेन्द्र शाहले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए । 

Advertisement

उनले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताए । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने राजा ज्ञानेन्द्रको भनाई छ । 
 
उनले भने, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईंहरुबाट जस प्रकारको चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । स्थिरता र स्थायित्व, सही राज्य पद्दती, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खँदिलो परिणाम दिँदैन ।’ 

राजा ज्ञानेन्द्रले थपे, ‘निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ ।  निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुछ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुछ । आफ्नो भूभागका जनतानै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नसक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस् ।’

राजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताए । इण्डियाको दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि दलहरुले नेपाललाई गणतन्त्र घोषणा गरेसँगै राजा ज्ञानेन्द्र यतिबेला गद्दीबिहीन अवस्थामा छन् । 

Advertisement

Advertisement