बालेनको केन्द्रीय सत्तालाई अर्को कडा चुनौति, सिंहदरबार वा राजधानी अन्यत्र सार्न सुझाव

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंबाट सिंहदरबार वा राजधानी अन्यत्र सार्न सत्ताधारी ठूला दल र नेताहरुलाई सुझाव दिएका छन् । 

बागदरबार र सिंहदरबारबीच कटुता बढ्दै गएको बेला बालेनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनीपूर्ण सुझाव दिएका हुन् । दलका कार्यकर्ताले सुकुम्वासीका नाममा राजधानीका नदी कितारहरु अतिक्रमण गरी बसेमा मानिसहरु हटाउन ठूला दल, तिनका नेता र सिंहदरबारको सत्ताले नदिएपछि बालेन रुष्ट छन् । 

Advertisement

उनले लेखेका छन, कि काठमाडौंको हितमा काम गर्नुहोस । कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन् । चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ । राजनीति हैन् ।’

Advertisement

Advertisement