देशमा कुन बेला के हुन्छ ? थाहा छैनः विप्लव

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । 

राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बुधबार उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको बताए । विप्लवले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताए । 

Advertisement

उनले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताए । विप्लवले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए । उनले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए । 

विप्लवले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । उनले नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताए । विप्लवले भने, ‘आज सरल ढंगले हाम्रो छलफल हुने गरेको छ, नेपालको राज्य प्रणाली जहाँनेर गएर अफ्ठ्यारोमा परेको छ, अहिले संकटमा परेको छ । त्यो बारेमा छलफल सहज भएको छ । अहिले हामीलाई मान्छेले भनेबापत आपत्ति जनाउँदैनन् । मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्नसकेको छैन् । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन ।’ 

उनले थपे, ‘प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो । एक–दुई दिन हो तर लामो समयसम्म भनेको त के हो ? आज भोलि यो सरकार पनि कति महिना ? कति दिन भन्ने चर्चा छ । घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन् । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । हतार भएका साथीहरु दौरा सुरुवाल अर्को ढंगले सिलाउनुपर्ने भइसकेको छ, हामी त्यो देख्छौँ । अर्को केही तयारीमा लाग्नुभएको छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ । १५ वर्ष झगडामा बिताएर जनतालाई दोष दिन मिल्छ, राज्य त कुनै न कुनै हिसावले चल्यो नि त । पञ्चायतको भन्दा पनि तल पुगेको छाँै । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीतिमा तानाशाही किसिमले निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन । अहिले त नेपालको उत्पादनले तीन महिना पनि पुग्दैन । आफ्नो उत्पादन नै छैन, सबै आयात गरेर खानुपर्नेछ ।’ 

Advertisement

Advertisement