काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दावी गरेका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनले सरकारले तत्कालिन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए ।
श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालिन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए ।
श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै उनले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने बताए ।
श्रेष्ठले, ‘सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखापरेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो । त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ । वर्तमान अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरुसँग गम्भीर छलफलको शुरुवात गरेको छ । सरकारले उद्योग वाणिज्य क्षेत्रका सबै संगठनहरु र सरकारका सम्बन्धित निकायहरुसँग छलफल गरी तत्कालिन अर्थतन्त्रमा देखापरेका समस्या सम्बोधन गर्ने पक्षमा लागिरहेको छ । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं ।’
उनले भने, ‘मुलुकको अर्थतन्त्र गम्भिर संकटमा छैन । गम्भीर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन् । देखापरेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन् । अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान नसक्ने विश्वास रहेको छ । अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री लगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरी रहेको छ । सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ ।’
श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताए । उनले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताए ।