रविले ४० हजार मत पुर्याउँदा सत्तारुढ गठवन्धन र एमालेका उम्मेदवारको ७–७ हजार मात्रै

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । 

उनले आफ्ना निकट प्रतिस्पर्धीहरुलाई निकै पछि पार्दै अग्रता लिएका हुन् । सत्तारुढ गठवन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठले सात हजार ४५८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सात हजार २६७ मत प्राप्त गरेका छन् । 

Advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले २५४ मत प्राप्त गरेका छन् । अहिले मतपरिणाम हेर्दा लामिछानेले पहिलाको भन्दा पनि धेरै मतान्तरले विजयी हुने देखिएको छ । 

Advertisement

Advertisement