तनहुँ र चितवनमा पार्टीको लज्जास्पद पराजयपछि देउवालाई राजीनामा दिन नैतिक दबाब

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा पार्टीको लज्जास्पद पराजयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामाथि नैतिक प्रश्न उठेको छ । 

अहिले सामाजिक सञ्जालमा देउवाले यस पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा गर्नुपर्ने दबाब सामाजिक सञ्जालबाट आउन थालेको छ । यस किसिमको दबाब यसअघि पनि पटक पटक देउवामाथि आउने गरेको थियो । तर उनले अहिलेसम्म नैतिकताका आधारमा राजीनामा दिने गरेको उदाहरण छैन् । 

Advertisement

सत्तारुढ गठवन्धनका दलहरुसमेत लाग्दा समेत कांग्रेसका दुवै उम्मेदवारले नयाँ दलका युवाहरुसँग लज्जास्पद पराजय भोग्नुपरेको छ । कांग्रेसका उम्मेदवारलाई जिताउन परिचालित भएका सो पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामाथि पनि नैतिक प्रश्न उठेको छ । 

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले गठवन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेसका गोविन्द भट्टराईलाई साढे १३ हजारभन्दा बढी मतान्तरले हराएका छन् भने चितवन २ मा स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गठवन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेसका जीतनारायण श्रेष्ठलाई झण्डै ४१ हजारभन्दा बढी मतान्तरले हराएका छन् । 

बारा २ मा भने स्वतन्त्र पार्टीले गतियो उम्मेदवार प्रस्तुत गर्न नसक्दा परिणाम आफ्नो पक्षमा पार्न नसक्ने देखिएको छ । स्वतन्त्र पार्टीले प्रस्तुत गरेका रमेश खरेल यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौं १ बाट पराजित भएका उम्मेदवार हुन् । उनलाई धेरैले ढोंगीको रुपमा हेर्छन । 

Advertisement

Advertisement