कोशी नामाकरण विरोधीले आफूमाथि गरेको ढुंगामुढाको रिस ओलीले राजा ज्ञानेन्द्रविरुद्ध पोखे

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा कोशी नामाकरण विरोधीले आफूविरुद्ध गरेको ढुंगामुढाको रिस राजा ज्ञानेन्द्र शाहविरुद्ध पोखेका छन् । 

हिमानी शाहको नाममा रहेको नक्कसी ट्विटर एकाउन्टमा गरिएको टिप्पणीलाई लिएर ओलीले गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहविरुद्ध विष बमन गरेका हुन् । उपनिर्वाचनमा लज्जास्पद पराजयबाट रन्थनिएका ओलीले बिहीबार इलाममा आयोजित एक कार्यक्रममा राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिए । 

Advertisement

झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको ओलीको दाबी छ । उनले भने, ‘ज्ञानेन्द्र शाह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

ओलीले ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’ भन्दै एमाले सहनशील भएर धेरै हिसाब नगरेको बताए । उनले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’

Advertisement

Advertisement