काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी गरेकी छन् ।
भरपर्दो स्रोतका अनुसार उनी केही दिनभित्र सो पार्टी प्रवेश गर्ने तयारीमा छिन् । पार्टी प्रवेशका लागि दुवै पक्षबीच कुराकानी भइरहे पनि एमालेले पार्टी नछोड्न दबाब दिनसक्ने भएकाले उपयुक्त समयको पखाईमा डंगोल छिन् ।
स्रोतको भनाई छ, ‘उहाँ (डंगोल) रास्वपा जाने तयारीमा रहेको सही कुरा हो । एक पटक सम्वन्धित व्यक्तिलाई पनि सोध्नुस् न ।’ डंगोलले भने फोन उठाइनन् र एसएमएसबाट सोधिएको प्रश्नको उत्तर दिइनन् ।
स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले सुनिता डंगोलसँग कुराकानी भइरहे पनि अहिले नै सार्वजनिक गर्ने बेला भइनसकेको बताए ।