न्याय ढिलो हुन दिन्नः नवनियुक्त मन्त्री गुरुङ

Advertisement

काठमाडौं । नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेक्रममा उनले बिहीबार कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति ? भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए । 

Advertisement

गुरुङले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए । उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने बताए । 

गुरुङले भने, ‘कुनैपनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनैपनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्नेकुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुनेकुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ,  म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु । कानून बमोजिम सबै चल्नुपर्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनैपनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु ।’

कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । 

Advertisement

Advertisement