काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने बताएका छन् ।
शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने बताएका हुन् ।
दाहालले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने पनि बताए ।
दाहालले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’ प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताए ।