देश कुनैपनि बेला आर्थिक हिसाबले टाट पल्टिनसक्ने अवस्था छ

क्यान्टनमेन्ट घोटालाको फाइल खोल्नुस्, तपाईं प्रम भइन्जेल समर्थन गर्न राप्रपा तयार छः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । 

आइतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यक्रममा उनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताए । 

Advertisement

लिङदेनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए । वाइडबडी काण्ड, ललीता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । 

लिङदेनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरु पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरुको नामहरु आइराखेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानविनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडी बढेको छ । विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन । यदी पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ । र उहाँले यो मात्रै होइन फेरि पनि भन्छु अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुपर्यो । ललीता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो । दाहाल कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफु चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइदैन यो कुरालाई ।’

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए । उनले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको बताए । उनले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताए । 

लिङ्देनले थपे, ‘देश कुनैपनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ । अहिले राजश्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन । राजश्वले कर्मचारीलाई तलव खुवाउन पनि पुग्ने अवस्था छैन । ऋण काडेर अहिले कर्मचारीलाई तलव खुवाउनु परेको अवस्था छ । ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन । सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा छ । आगामी यात्रा सरकारको के हो भन्नेकुरा कसैले पनि बुझ्न सकिँदैन । आर्थिक अवस्था दिनदिनै ओरालो लागेको अवस्था छ ।’

Advertisement

Advertisement