नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बनेपछि नेतात्रयबीच डेढ घण्टा गोप्य भेटवार्ता

Advertisement

काठमाडौं । राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको बेला ठूला तीन दलका तीन नेताबीच बालुवाटारमा डेढ घण्टा गोप्य भेटवार्ता भएको छ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीबीच मंगलबार भेटवार्ता भएको हो । 

Advertisement

भेटमा भएको कुराकानीको विषय गोप्य राखिएको छ । प्रधानमन्त्री दाहालको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे नेताहरुबीच छलफल भएको दावी गरेको छ । 

अहिले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण र यसमा ठूला दलका ठूला नेता र प्रशासकहरुको संलग्नताले गर्दा यो विषय पेचिलो बनेको छ । अर्कोतर्फ विवादास्पद नागरिकता विधेयक, मुलुकको आर्थिक संकटले गर्दा देश कतै दुर्घटनामा पर्ने त होइन् ? भन्ने चिन्ता छाएको अवस्था छ । 

Advertisement

Advertisement