अदालतको आदेशअनुसार अघि बढेको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न दाहालको आदेश

Advertisement

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार अघि बढेको नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । 

उनले मन्त्रिपरिषदमार्फत निर्णय गराएर अदालतलाई नै चुनौति दिनेगरी लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । बुधबार भएको भनिएको निर्णय आज शुक्रबार मात्रै बाहिर ल्याइएको हो । प्रधानमन्त्री दाहालले बुधबार कै मितिमा निर्णय भएको बनाएर आज  प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । 

Advertisement

आम लगानीकर्ताले पुँजी बजारको विकासको लागि नयाँ स्टक एक्सचेन्ज कम्पनी ल्याउनुपर्ने, बैंकहरुले समेत लाइसेन्स पाउने गरी नयाँ ब्रोकर कम्पनीहरु थप्नुपर्ने आवाज उठाउँदै आएका थिए । सोहीअनुसार नेपाल धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया रोक्न सर्वोच्चमा रिट दायर गरिएको थियो । पछि सर्वोच्चले प्रक्रिया कानुनअनुसार नै रहेको भन्दै अघि बढाउन निर्देशन दिएको थियो । 

नयाँ स्टक एक्सचेन्ज कम्पनी छनोटका लागि प्रक्रिया अन्तिम चरणमा रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतलाई नै चुनौति दिँदै प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । बोर्डले स्वतन्त्ररुपमा एउटा नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्देशिका तयार गरी प्रक्रिया सुरु गरेको थियो । 

तर लाइसेन्समा विभिन्न स्वार्थ समूहहरुले चासो देखाउँदै आएको थियो । प्रक्रिया रोक्न चाहाने समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रभावित पारेर रोक्ने प्रयास गरेको हो । नयाँ स्टक एक्सचेन्ज कम्पनीका लागि तीन वटा व्यवसायिक कम्पनीको आवेदन परेको थियो । तिनीहरुमध्ये उपयुक्त एक कम्पनी छनोटका लागि बोर्डले पाँच सदस्यीय मूल्यांकन समिति बनाई काम समेत अघि बढेको बेला प्रक्रिया रोक्न भनिएपछि लगानीकर्ताहरु रुष्ट बनेका छन् । 

Advertisement

Advertisement