विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण र प्रमको जमिन साटफेरको भनाईले संसद अवरुद्ध

Advertisement

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथै अवरुद्ध भएको छ । विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण गरिएको र भारतसँग जमिन साटफेर गर्ने अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गरेका हुन् । 

राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय नबनासम्म बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालेको चेतावनी दिएको छ । बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए । 

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद सन्तोष परियारले पनि नागरिकता विधेयकको विरोध गरेका थिए । 

Advertisement

Advertisement