काठमाडौं । बजेटमाथिको छलफलका क्रममा बिहीबार नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।
बजेटमाथिको छलफलमा उनले नेपालमा किसानले समयमै मल पाउन नसकेको र धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउँदै ‘जब पर्यो राति तब बुढी ताती’‘ ‘भन्ने उखान सुनाएका थिए ।
उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि घिमिरेले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।