मेयर बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाए

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने साहसिक कार्य गरेका छन् । 

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका हुन् । उनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएका छन् ।  

Advertisement

श्रीमतीको उपचारका लागि विदेशमा रहेका उनले नक्सा राख्न लगाएर बैंगलौर गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनमा नेपाली भूमिसमेत रहेको ‘अखण्ड भारत’को नक्सा राख्न लगाएपछि अहिले तीब्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश छ । 

यहाँको सरकारले भने यस विषयमा भारतीय पक्षसँग औपचारिकरुपमा कुरा उठाएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहालको हालको भारत भ्रमणमा पनि यस विषयमा कुरा उठाउन सकेनन् । 

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।

ग्रेटर नेपालमा टिस्टादेखि पश्चिममा सतलजसम्मको भूभाग पर्दछ । अंग्रेससँग भएको सुगौली सन्धीबाट नेपालको भूभाग मेचीदेखि महाकालीसम्म सीमित गरिए पनि अहिले अंग्रेजहरुको इष्ट इण्डिया कम्पनी छैन् । सुगौली सन्धी पनि खारेज भइसकेको छ । तर सोही सन्धीअनुसारको भूभाग फिर्ता भइसक्नुपर्नेमा भारतले आफ्नो उपनिवेश बनाएर राखेको छ । तर नेपालका शासकहरुले भने आफ्नो भूमि फिर्ता लिन डराउँदै आएकोमा पछिल्लो समयमा ग्रेटर नेपालको कुरा चर्कोरुपमा उठन थालेको छ । 

Advertisement

Advertisement