वान एक्स बेटको पहिलो गेटवे ई–सेवालगायतका वालेट हुन्ः एसएसपी मनोज केसी

Advertisement

काठमाडौं । अनलाइन बेटिङ (अनलाइनमार्फत जुवा खेलाउने) वान एक्स बेटको पहिलो गेटवे ई–सेवा, खल्ती, पेवेल जस्ता वालेटहरु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । 

वान एक्स बेटमा प्रचारप्रसार र कारोबारमा संलग्नहरुलाई पक्राउ गरेपछि कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीले बिहीबार पत्रकार सम्मेलन गर्दै ई–सेवा, खल्ती जस्ता भुक्तानी सेवा प्रदायकले अवैध अनलाइन जुवा खेलाउन सहयोग गर्दै आएको स्वीकार गरे ।  

Advertisement

उनले भने ‘ई–सेवा, खल्ती, पे–वेल, सेवल जस्ता धेरै, योभन्दा अगाडि गरेको जस्तै ट्रान्जेक्शन हामीले हेर्यौं । यो हामीले अहिलेसम्म गरेको अपरेशनको सबैभन्दा ठूलो ट्रान्जेक्शन पनि हो । हामीले भनेजस्तै वानएक्स बेटभित्र छिर्ने माध्यम भनेको, छिर्ने गेट भनेको यिनी वालेटहरु हो ।’

केसीले हालैको आईपीएलका खेलहरुमा बेटिङ गराउने ३४ जना एजेन्टमध्येलाई सर्टआउट गरेर २३ जना एजेन्टकोमा पुगेको र तिनको पनि वेटेज हेर्दै गएर पाँच जनालाई पक्राउ गरिएको बताए ।

उनले सुरुमा ३४ जना एजेन्टको ३४ वटा बैंक खाताबाट छानविन गर्दै गएको बताउँदै पक्राउ परेकामध्ये एउटा मास्टर एजेन्ट पनि रहेको बताए । आफूहरुले ई–सेवा, खल्ती, पे–वेल जस्ता वालेटहरुको पनि कारोबार हेरेको बताउँदै केसीले आफूहरुले गरेको अपरेशनमध्येको यो सबैभन्दा ठूलो पनि हो भने । 

एसएसपी केसीले दिनेश खड्का यसको मास्टर एजेन्ट भएको बताए । खड्काले नै वालेटहरु सञ्चालन गर्ने र धेरै बैंक खाता भएको एजेन्ट भएको पनि उनले जानकारी दिए । खड्का एक्लै १२ जना मानिस भएको उनले खुलासा पनि गरे । खड्काको मात्रै ६४ करोडभन्दा धेरै कारोबार देखिन्छ । अनिता धितालले उनलाई सहयोग गर्दै आएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठूला माछाहरुलाई पक्राउ गर्ने साहसिक प्रहरी अधिकृतको रुपमा समेत केसीको अहिले चर्चा र प्रसंशा भइरहेको छ ।  

प्रहरीले यस प्रकरणमा पक्राृउ गरेका पाँच जनामा कैलालीका २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोकका अनिता धिताल, भक्तपुरका दिपेश श्रेष्ठ, कञ्चनपुरका दिनेश चन्द र आशिष लामिछाने छन्। पक्राउ परेकामध्ये दिपेश श्रेष्टले चलाउने गरेको ई–सेवा आईडी ९८०८३२२००२ मा २१ लाख २९ हजार, ई–सेवा आईडी नम्बर ९८१३०४३१२४ मा १९ लाख ८२ हजार, ई–सेवा आईडी  ९८५१०८५५३९ मा १२ लाख ९० हजार र ई–सेवा आईडी नम्बर ९८५११३४२३९ मा पाँच लाख २८ हजार गरी जम्मा रु ५९ लाख २९ हजार रुपियाँ बराबको कारोबार भएको देखिएको छ । यो रकम अझै बढ्ने प्रहरीले जनाएको छ।

यसरी अवैध क्रियाकलाप भइरहँदा पनि ई–सेवाले भने नेपाल राष्ट्र बैंलाई कुनै पनि जानकारी गराएको छैन । लाखौंको कारोबार हुँदा सो कुरा सिस्टममा सहजै देखिने भएकाले सो कुराको जानकारी हुँदाहुँदै पनि राष्ट्र बैंक र प्रहरीलाई जानकारी नदिई ई–सेवा, खल्ती जस्ता वालेटका सञ्चालक र व्यवस्थापक मौन बस्नुले उनीहरुको पनि संलग्नता रहेको हुनसक्ने  आधार देखिन्छ ।  

कानुनअनुसार दैनिक १० लाख रुपियाँ भन्दा बढीको बैंकिङ कारोबारमा स्रोत देखाउनुपर्ने नियम छ । यदि कसैले स्रोत बिनाको कारोबार गर्छ भने उसको जानकारी नियामकलाई दिनुपर्ने भए पनि लामो समयदेखि भुक्तानी सेवा प्रदायकहरु मौन बस्दै आएका थिए । यस्तो अवैध अनलाइन बेटिङमा सबैभन्दा धेरै कारोबार गर्ने गराउने ई–सेवा छ । 

ई– कम्पनीले दोहोरो कमिसनको लोभमा गैरकानुनी क्रियाकलापलाई प्रशय दिँदै त्यसबारे अनविज्ञता प्रकट गर्दै आएको थियो । ई–सेवा र वान एक्स बेटबीच अनौपचारिक सम्झौता रहँदै आएको छ, जसमा ई–सेवाले आफ्नो गेट–वे प्रयोग गर्न दिएवापत निश्चित कमिसन प्राप्त गर्नेछ । यस्तै, कारोबार रकम बढ्दा पनि ई–सेवाले कमिसन प्राप्त गर्ने गर्छ ।

यसरी संलग्न छ ई–सेवा रु 
वान एक्स बेटको एप प्रयोगकर्ताहरुले पैसा राख्न ९लोड गर्न०का लागि एपको प्लस चिन्हमा खिच्नुपर्छ । यसरी थिचिसकेपछि ई–सेवा, खल्ती, आईएमई पेलगायतका अप्सन आउने गर्छ । बेटिङमा संलग्न वालेट प्रयोगकर्ताले आफ्नो खाता रहेको वालेट छनोट गरी कारोबार गर्छन् ।

यसरी छनोट गरिसकेपछि यी वालेटहरुले अनलाइन जुवा खेलाउने एजेन्टहरुको आईडी प्रदान गर्छ । आईडी दिँदा वान एक्सले यदि समयमै भुक्तानी नआए वा जम्मा नभए बैंक तथा प्रहरीलाई खबर नगर्नु होला भन्ने वार्निङ दिएको हुन्छ ।

साथै, समयमै पैसा जम्मा नभए वा विथड्र नभए नहिच्किचाईकन इमेल गर्न उसले आग्रह समेत गर्ने गर्छ । यसरी डिजिटल वालेटहरुले आईडीमा रकम जम्मा गरेपछि जम्मा भएको ट्रान्जेक्सन कोड समेत भर्नुपर्छ ।

डिजिटल वालेट तथा कनेक्ट आईपीएसबाट प्राप्त भएका आईडी प्रयोगकर्ताहरु अनलाइन जुवा खेलाउने एजेन्टहरु हुन् । यी एजेन्टलाई रकम हालिदिएपछि एजेन्टले कम्पनीलाई आईडी नम्बरबाट डिपोजिट आएको जानकारी दिन्छ । यसपछि मात्रै अनलाइन जुवा एपमा रकम लोड हुने गर्दछ ।

कतिपय अवस्थामा भने खराब एजेन्टले रकम लोड नगरी ठगी समेत गर्ने गरेका हुन्छन् । वान एक्सले ग्राहक सेवाका लागि च्याटको समेत व्यवस्था गरेको छ । कुनै विषयमा दुविधा भएमा च्याटमार्फत नै प्रश्न सोध्ने र समस्या समाधान गरिन्छ । यसरी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई निश्चित समयमा रिप्लाई आउनेछ भनी जानकारी गराइन्छ। यसरी गरिएको च्याट निश्चित समयपछि आफैं अटो डिलिट भएर जाने गर्छ ।

एजेन्टहरुले धेरै पटक कारोबार हुँदा शंका नहोस भनेर विभिन्न किसिमको व्यवसाय गरेको फर्मको नाम समेत राख्ने गरेका छन् । यसरी फर्मको नाम उल्लेख गर्दा अनलिमिटेड कारोबार गर्न पाइन्छ ।

पैसा विथड्र गर्न पुलको काम
रकम राख्न जस्तै निकाल्न पनि डिजिटल वालेटकै प्रयोग हुन्छ। डिजिटल वालेटले वान एक्स लगायत जुवा खेलाउने कम्पनीमा विशुद्ध पुलको काम गर्ने गरेका छन् । यसरी पुलको काम गर्दा धेरै भन्दा धेरै प्रयोगकर्ता हुँदा वालेट कम्पनीहरुले धेरै व्यापार समेत गर्ने गरेका छन् ।

यस्तै, जुवा खेलाउने कम्पनीबाट पनि उनीहरुले सिमित प्रतिशत कमिसन प्राप्त गर्दछन् । बेटमा जितेको रकम झिक्न पनि वालेटकै प्रयोग गर्ने गरिन्छ, जसका लागि विथड्र अप्सनमा क्लिक गरेपछि जम्मा गर्न जस्तै निकाल्न पनि डिजिटल वालेट देखाउने गर्छ ।

आफूले कुन वालेट प्रयोग गर्ने गरेको छ रु सोही वालेट प्रयोग गरी रकम निकाल्न सकिन्छ । यसरी रकम निकाल्दा पनि एजेन्टले निकाल्न चाहेको रकम जुवाडेको खातामा जम्मा गर्ने गर्दछ । यस्तो प्रक्रियाबाट अधिकतम् एक पटकमा २५ हजारसम्म रकम निकाल्न सकिन्छ ।

यदि धेरै रकम निकाल्नुपरेमा सिधै एजेन्टमार्फत नै रकम निकाल्नुपर्छ, जुन निकै जोखिमपूर्ण मानिन्छ । ठूलो रकम कारोबार एजेन्टमार्फत गर्दा फिर्ता वा जम्मा नहुने जोखिम बढि हुन्छ । किनभने यस्तो अवैध कारोबारको कुनै उजुर बाजुर लाग्दैन् । उजुरी गर्दा आफैसमेत फस्ने जोखिम बढि हुन्छ ।

यो पनि पढ्नुहोस्ः

फोन–पेमा प्राविधिक समस्या र सुरक्षा ‘थ्रेट’ बढेपछि बैंकहरुले आफ्नै स्विच प्रयोग गर्न थाले

एफवान सफ्टमा विवादपछि बोर्डबाट हटाइएका अस्गरलाई कम्पनीबाटै हटाउने तयारी

एफवान सफ्टको चार आवको कर परीक्षण हुँदै, ‘कैफियत भेटिए पूराना फाइलहरु पनि तान्छौं’

छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

राष्ट्र बैंकको निर्देशनपछि ई–सेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द

लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

एफवान सफ्ट ‘विग’ कम्पनीको सुचीमा, १५ अर्ब ६६ करोडको व्यापार गर्न सफल

ई–सेवालगायतका वालेटद्धारा वैदेशिक रोजगार बीमामा अनधिकृतरुपमा सेवाशुल्क अशुल

Advertisement

Advertisement