ओलीको दाबी– राजनीति गरेको ५८ बर्ष भयो, अहिलेसम्म मैले झुट बोलेको छैन्

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् । 

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने बताए । समाजवादी मोर्चा बनाउने माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीहरुले यस्तो मोर्चा बनाउने निर्णयमा पुगेका छन् । 

Advertisement

ओलीले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताए । उनले सँगै काम गरेका नेताहरुलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे । ओलीले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोप मात्रै आफूले लगाउने गरेको दाबी पनि गरे । 

आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको उनको भनाई छ । उनले भने, ‘नेकपा एमालेको तर्फबाट बोलिएका मेरो जीवनभर लगभग ५८ वर्ष भयो । मैले राजनीतिक गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित र झुटो कुरा गरेको छैन, म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि अरु पार्टीमाथि लगाएको आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरुलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन । समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने ?’ 

ओलीले थपे, ‘तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त ।  हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित छ । चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन, एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’

उनले नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने जिकिर गरे । 

Advertisement

Advertisement