खेतीबालीका लागि प्रविधि र बजार भएन्ः भीम आचार्य

Advertisement

काठमाडौं । नेकपा (एमाले) का सांसद भीम आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । आचार्यले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गरे । 

Advertisement

दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उनको भनाई थियो । आचार्यले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत देशभर भएका १७७ वटा जोनहरु मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बंगुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन । केही वर्षदेखि सुनसरीको दशौं हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यकता छ ।’ 

उनले थपे, ‘यी खेतीहरुका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरु बिक्री केन्द्रहरु, शीत भण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ । यी सबै काम हुँदाहुँदै यावत कामहरुको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु । ’

आचार्यले सुनसरीको खेतीबाली बिक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याए । 

Advertisement

Advertisement