लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके हजारौं बौद्धमार्गी बच्चा जन्माउन आउँथेः भण्डारी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार संसदमा उनले वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । 

Advertisement

भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताए । उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए । 

भण्डारीले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ ।’ 

भण्डारीले थपे, ‘लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने ठूलो हस्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन । के छैन नेपाल ? कहाँ छ हामो सोच ? कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ? मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन । ’

उनले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहोर्याए । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सके मात्रै पनि नेपाल अघि बढने भण्डारीले बताए ।

Advertisement

Advertisement