साथीहरुलाई मन्त्री पद चाहिएको भए म छोड्न तयार छुः धनराज गुरुङ

Advertisement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् । 

उक्त संशोधनका प्रावधानको चर्को आलोचना भइरहेको बेला गुरुङले यस्तो घुर्की देखाएका हुन् । उनले सोमबार आफ्नो पार्टीको केन्द्रीय समिति बैठकमा आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताए । 

Advertisement

गुरुङले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रश्ताव राखेको बताउँदै आफूले चामलको बोरा मात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने तर्क गरे । उनले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भए पनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने बताए । 

मन्त्री गुरुङले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता जनाए । आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खाली गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताए । उनले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको बताए । 

Advertisement

Advertisement