युवाहरुले ‘राजनीति काम छैन् भनेर पर बस्ने होइन्’ हस्तक्षेपकारी भूमिका खेल्नुपर्योः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आफ्नो पार्टीले गरेको रक्तदान कार्यक्रममा उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् । 

लिङदेनले काँग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा आफ्नो पार्टीको छलफलको विषय बनेको पनि बताए । उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । 

Advertisement

लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए । उनले भने, ‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला, सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षकै मन्त्रीहरुमाथि औंला उठाउनु भयो । र फेरि समातेर किन छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो । त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ ।’

लिङदेनले नेपाली युवाहरु राजनीति काम छैन् भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए । 

Advertisement

Advertisement