जलवायु परिवर्तनले निम्त्याएको असरबाट चिन्तित छुः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरबाट आफू चिन्तित रहेको बताएका छन् । शनिवार भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा उनले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताए । 

दाहालले अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताए । 

Advertisement

उनले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताए । दाहालले भने, ‘विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ । अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ ।’ 

उनले थपे, ‘हाम्रा हिमश्रृंखलाहरुमा हिउँ पग्लिएर कालापत्थरहरु मात्र देखिन थालेको यस विषम परिस्थितिमा हाम्रो विकास निर्माण सम्बन्धी दृष्टिकोणलाई पनि प्रकृतिमैत्री र दीर्घजीवि बनाउन आवश्यक छ । बाढी पहिरो र मानवीय त्रुटीको करण हुने अनेकौँ दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध छ । वातावरुण संरक्षण र संवद्र्धनमा युवाहरुको साथ र सहयोग आवश्यक छ ।’

दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामुलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement