फोन सम्वादका आधारमा महरालाई सुन तस्करीमा छानबिन गर्न नमिल्ने तर्क

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सत्ता गठबन्धनद्धारा अस्वीकार

Advertisement

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस्तो आयोग बनाउन माग गर्दै संसद अवरोध जारी राखेको बेला सत्ता गठवन्धनले भने नबनाउने निष्कर्षमा पुगेको हो । यस निर्णयले सत्तापक्ष र विपक्षबीच थप तनाव बढ्ने देखिएको छ । 

Advertisement

पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु¥याउनु भएको गठबन्धनको ठहर रहेको बताउए । उनले सय किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राखेको बताए । 

उनले भने, ‘संसद अवरुद्ध छ, प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति माग गरिरहेको छ । यता सीआईबीले अनुसन्धान गरिरहेको छ । यो अवस्थामा उच्चस्तरीय आयोग आवश्यक छ कि छैन भन्ने कुरा भयो । उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनमा अवरोध गर्नु हो । यो केसलाई अवरोध गर्नु भन्नेखालको सहमति भयो ।’ 

Advertisement

Advertisement