उच्चस्तरीय आयोग नबनाएकाले सय किलोभन्दा बढी सुन ६० किलोमा झरेको ओलीको तर्क

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन् । 

एमाले उद्योग विभागले बुधवार आयोजना गरेको कार्यक्रममा बुधबार उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए । ओलीले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए । 

Advertisement

उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए । ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गरे । उनले उद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताए । 

नेता ओलीले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताए । उनले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै  उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताए । 

ओलीले भनेण्, ‘अहिले निजी क्षेत्र अघि बढ्न खोज्दा खेरी समयअनकुल निजी क्षेत्रलाई अगाडि बढ्नको लागि सरकारले अनकुलता प्रदान गरेन । जब उद्योग व्यवसाय संकटमा हुन्छन् । त्यतिबेला सरकार चाहिने हो । सजिलो भएको बेला सरकार किन चाहिन्छ । तर उद्योग र कारोबार बचाउनुपर्ने बेलामा सरकारको सहयोग चाहिन्छ । अहिले निजी क्षेत्रले समस्या भोगिरहनुभएको छ । कर्जा लिनुहुन्छ । कर्जा भुक्तानी गर्ने समय सरकारले बढाउनु पर्छ । कतिपय बैंकिङ क्षेत्रमा पनि हुनुहुन्छ होला । बैंकहरुले पनि आफूले सुधार गर्नुपर्ने देखियो ।’

उनले भने, ‘बैंक साउजी मात्रै होइन । उद्योगीहरुको सहयोगी हो । उद्योगी भनेको आसामी मात्रै होइन । उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने थिएन । उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाई दिएको छ । बैंकले आफूलाई मात्रै हेर्ने होइन अफ्ठ्यारोमा परेका उद्योगीहरुलाई ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेको उद्योगलाई थप ऋण दिएर ऋण तिर्नसक्ने अवस्थामा पु¥याउनु पर्छ । त्यसका निम्ति सरकारले नीतिगत र व्यवहारीक रुपमा सहजिकरण गर्ने काम गर्नुपर्छ ।’

ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए । उनले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताए । 

उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको ओलीले बताए । उनले सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताए । ओलीले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताए । 

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानीकर्ताको खोजी हुन नसकेको बताए । उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए । ओलीले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताए । उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाए । 

Advertisement

Advertisement