संसदीय समितिबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

Advertisement

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

सोमबार संसदको संसदीय सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका थिए । त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

Advertisement

संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सुनुवाइ प्रक्रिया सुरु गरिएको थियो । अब उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गरी सपथ गराउने छन् । 

Advertisement

Advertisement