सत्तापक्ष पछि हट्यो, सुन तस्करीको छानविन गर्न जाँचबुझ आयोग बनाउने सहमति

Advertisement

काठमाडौँ । संसदका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ । 

राष्ट्रिय पार्टीहरुको सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी जाँचबुझ आयोग बनाउने सहमति भएको हो । सहमति पत्रमा आज मंगलबार हस्ताक्षर हुनेछ । सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ । सुन तस्करीको छानविनका लागि सीआईसीको कामलाई कुनै हस्तक्षेप नगर्ने सहमति पनि भएको छ । 

Advertisement

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

बैठकमा सुनकाण्डमा संलग्न भएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बयान नलिएकोदेखि अनुसन्धानमा संलग्न प्रहरीलाई गरिएको सरुवाको विषयमा प्रश्न उठेको छ । 

संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यस्तो आयोग गठनको माग गर्दै आएको थियो भने सत्तापक्षले यस्तो आयोग गठन आवश्यक नरहेको र सीआईबीमार्फत नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । 

Advertisement

Advertisement